Logo
Logo

सशस्त्रमा एआईजीको चलखेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सशस्त्र प्रहरी बलको नेतृत्वसँग प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट बनेको चर्चा सेलाएको छैन । आईजीका विरुद्ध एआईजीले प्रधानमन्त्री ओलीका सल्लाहकारको कान भर्ने गरेका छन् । त्यसैका आधारमा प्रधानमन्त्री नै असन्तुष्ट रहेको सूचना पाएपछि केही एआइजीहरु आइजिपी फाल्ने खेलमा लागेका छन् ।

स्रोतका अनुसार बालुवाटारमा एआइजी पुष्पराम केसीले पछिल्लो समय सक्रियता बढाएका छन् । उनले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालमार्फत यस्तो चलखेल अघि बढाएका हुन् । एआइजी केसी रिमालकै जिल्लावासी नुवाकोटका हुन् । जिल्लावासीकै नाता जोडेर उनी आइजिपी बन्ने खेलमा लागेका हुन् ।

आइजिपीको प्रतिस्पर्धामा पनि खनाललाई टक्कर दिने व्यक्ति उनै केसी थिए । तर, एआइजी बढुवामै खनालले सबैलाई पछि पारेर एक्लै बढुवा भएका थिए । । खासगरी प्रचण्ड र उनको समूहसँग खनालको निकट सम्बन्ध छ । सोही आधारमा उनी सहजरुपमा बढुवा भएका हुन् ।

सशस्त्र प्रहरीमा नियमित सामान खरिदबाटै वर्षमा करोडौँ कमाइ हुने गर्छ । पोशाकलगायत सामान खरिदमा १५ प्रतिशतसम्म कमिशनको चलखेल हुने गर्दछ । सोही पैसाका कारण प्रहरी संगठनमा आइजिपी हटाउने अस्वस्थ खेल सुरु हुने गरेको छ । यस्तो फोहरी खेलको पछाडि सरकार संलग्न हुनु हुँदैन । बरु संगठनकै नेतृत्वविरुद्ध लाग्नेमाथि अनुशासनको कारवाही गरिनुपर्छ । अनि मात्र शान्ति सुरक्षा सुध्रिन्छ ।

सशस्त्र प्रहरीमा पनि नेपाल प्रहरीमा जस्तै ३० वर्षे सेवाहद हटाउने चलखेल सुरु भइसकेको छ । गृह मन्त्रालयले सशस्त्र प्रहरी ऐनसमेत संशोधनको प्रक्रिया अघि बढाएको छ । ऐन संशोधनको प्रक्रिया सुरु भएलगत्तै ३० वर्षे सेवाहद हटाउन केही एआइजी र डिआइजीहरु लागेका छन् ।

सशस्त्र प्रहरीमा अहिले इन्सपेक्टरबाट डिएसपी बढुवा हुन १६ वर्ष लाग्ने अवस्था छ । करिअर प्लानिङविना ३० वर्षे सेवाहद हटाएमा इन्सपेक्टरबाट डिएसपी बढुवा हुन २० वर्ष लाग्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्