Logo
Logo

सिटिजन्सद्वारा ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा सुरु



Citizens Bank Nepal

काठमाडौं। सिटिजन्स बैंकले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा सुरु गरेको छ । बैंकिङ सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी सेवाको सुरुवात गरेको बैंकले जानकारी दिएको छ ।

हालको मोबाइल बैंकिङ एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक ‘इ क्यास’ पठाउने, रकम जम्मा गर्न अघि ‘इ भौचर’ प्रयोग गर्ने, बैंकमा अपोइन्टमेन्ट लिने लगायतका सुबिधा थप गरेको गरिएको सिटिजनले जानकारी दिएको छ ।

मुद्दति खाता खोल्ने, रेमिटेन्स पठाउने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोडमार्फत भुक्तानी गर्ने लगायतका सेवाहरु यसमा समावेश हुनेछन् ।

अब बैंकका ग्राहकले बैंकमा नगई मोबाईल वा कम्प्यूटर माध्यमबाट घरमै बसेर बैंकिङ् सेवाहरु प्राप्त गर्न सक्ने सिटिजनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सिटिजनले हाल १ सय ८३ वटा शाखा, १ सय २१ वटा एमटीएम र १ सय ११ वटा शाखारहित बैंकिङ एकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्