Logo
Logo

वार्षिकोत्सवको अवसरमा माछापुच्छ्रेको क्यास ब्याक अफर



काठमाडौं । माछापुच्छ्रे बैंक २१ वर्ष पूरा गरी २२ औं वर्षमा प्रवेश गरेको अवसरमा बीचमा २० वर्ष भन्दा बढी निरन्तर सेवा गरेका कर्मचारीलाई सम्मान गरेको छ ।

त्यसैगरी वार्षिकोत्सवको उपलक्ष्यमा बैकले ल्याएको १० दिने क्यास ब्याक अफरको आज अन्तिम दिन रहेको छ । जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ–कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० सम्म र अफर अवधिभर अधिकतम २१०० सम्मको क्यास ब्याक पाउन सक्ने बैंकले नजाएको छ ।

क्यास ब्याकको अतिरिक्त ग्राहकहरुलाई दैनिक आकर्षक उपहारहरू पनि प्रधान गरी रहेको छ । डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाइल बैकिङ्गबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एकजनाले मेगा बम्पर उपहार स्वरुप फोन पेको तर्फबाट सामसुङ ग्यालेक्सी एस २१ प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्