Logo
Logo

सेना भड्काउन ज्योतिषको प्रयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । जर्मनीको आफ्नो तेलखानी नभएको जानकारी अमेरिकाले पायो । त्यसको जानकारी अमेरिकालाई भएपछि दोस्रो विश्वयुद्धमा उसको तेल भण्डार केन्द्र पत्ता लगाउन पादरी र ज्योतिषको भेषमा अमेरिकी जासुसहरु जर्मनी घुमे । भेष बदलेर जासुसले तेलको भण्डारको नक्सा उपलब्ध गराएपछि अमेरिकाले हवाई हमलामा जर्मनीको तेल भण्डार ध्वस्त पारिदियो । ट्यांकरहरु घोडाले तान्नुपर्ने अवस्था आयो । युद्धमा जर्मनी पराजय स्वीकार गर्न बाध्य भयो ।

रक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा उदाहरणीय घटनाको रुपमा यसलाई चर्चा गरिन्छ । र, हालसालै नेपाली सेनालाई विवादित बनाउने अभिप्रायले विदेशी एजेन्टका रुपमा चिनिएका एक जना पत्रकारले गोपाल कोइराला नामका ज्योतिषबाट नेपालमा सैनिक शासन आउने र प्रधानसेनापति पूर्णचन्द्र थापा ५ बर्षका लागि प्रधानमन्त्री बनेर राजा फर्किने जस्ता विवादास्पद अन्तर्वार्ता लिई ब्यापक रुपमा युट्युबमा प्रचार प्रसार गराएका छन् ।

निश्चय पनि नेपालको राजनीतिक अवस्था संवेदनशील छ । सरकारको कामकाज सन्तोषजनक छैन । न्यायपालिकालाई उपेन्द्र महतो, निरज गोविन्द श्रेष्ठ, सतिसलाल आचार्यजस्ता पावर ब्रोकरले कठपुतली नचाएजस्तै नचाइरहेका छन् । शक्ति आडमा राज्यलाई तिर्नुपर्ने अर्बौको लाभकर तिरेका छ्रैनन् । सर्वोच्चबाट उम्कने दाउ खोज्दैछन् ।

प्रतिपक्षीका नेता शेरबहादुर देउवा आफू सत्तामा रहँदा गरेका भ्रष्टाचारको पोल खुल्ने डरले सरकारका हरेक गलत कदम विरुद्ध बोल्न सकिरहेका छैनन् । जनता प्रतिपक्षीविहीन देशमा विकल्प खोजी बसेको अवस्थामा विदेशीहरुले जासुसहरुलाई ज्योतिषको भेषमा भविष्यवाणी गर्न लगाई सेनालाई विवादमा लयाउन खोजेका छन् । ज्योतिषको भेषमा गोपाल कोइराला यस्तै पात्रमध्येका हुन् भन्ने आशंका गर्ने अवस्था आएको छ ।

प्रधानसेनापति थापाले पदबहाली गरेदेखि नै सेनामा भइरहेका बेथिति नियन्त्रणमा लागेका समाचारहरु आइरहेका छन् । सेनापतिले भर्नादेखि ठेक्कापट्टामा पारदर्शीता अपनाउने प्रतिबद्धता जनाएका छन् । सेनामा गुणस्तरहीन सामान आपूर्ति गर्ने र बर्षौदेखि सामान आपूर्ति गर्ने भनेर नगरेका ठेकेदारलाई कालोसूचीमा राख्ने क्रम सुरु गरेका छन् ।

खानेपानी तथा सरसफाइ मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरले बिगारेको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सेनाले जिम्मा नलिई बाराका आँधीपीडित जनताको घर निर्माणको जिम्मा लिनुमा सेना ब्यापारी होइन, राष्ट्रनिर्माणको सहयोगी हो भन्ने तथ्य प्रधानसेनापति थापाको यही निर्णयबाट पुष्टी हुन्छ ।

नेपाली सेनाले लामो समयपछि सुधारका पक्षपाती सेनापति पाएको छ । सरकारले पब्जी जस्तो अनलाइन भिडियो खेल रोक्ने सरकारले प्रधानसेनापतिका सम्बन्धमा फैलाइएका अफवाहरुलाई रोक्न साहस गरेको देखिंदैन । यो ज्योतिषको भविष्यवाणी विदेशी एजेन्टबाट प्रभावकारी रुपमा प्रचार प्रसार गर्नुको कारण सेना र सरकारबीचमा खाडल उत्पन्न गर्नु रहेको पुष्टी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्