Logo
Logo

आइएमई पे र नियोटेरिक नेपालबीच सम्झौता



काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई पे र नियोटेरिक नेपालबीच ग्याजेट खरिदमा छुट दिने सम्झौता भएको छ । सम्झौतामा आइएमई डिजिटल सोलुसनका व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिकका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार दसैँ र तिहारको अवसर पारेर नियोटेरिक नेपालको कुनै पनि ग्याजेट आइएमई पेमार्फत भुक्तानी गरी खरिद गर्नेलाई आकर्षक छुट तथा फ्री डेलिभरीको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । आइएमई डिजिटलका व्यापार तथा सहकार्य व्यवस्थापक प्रमुख श्रेष्ठले नियोटेरिकले बिक्री गर्ने कुनै पनि ग्याजेट खरिद गर्दा उपभोक्ताले उल्लेख्य फाइदा गर्ने बताए । दसैँ क्याम्पियनअन्तर्गतको योजना भएकाले कात्तिक २० सम्म मात्र यो योजना लागू हुने उनले जानकारी दिए ।

यस योजनामा नियोटेरिक नेपालबाट कुनै पनि ग्याजेट आइएमई पेमार्फत खरिद गर्दा भाग्यशाली एक विजेताले एउटा ल्यापटप जित्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्