Logo
Logo

माछापुच्छ्रे बैंक २१ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश



काठमाडौं । माछापुच्छ्रे बैंक २१ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकले एक कार्यक्रमका बीचमा २० वर्षभन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ ।

यसअघि नै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको १० दिने क्यासब्याक अफरको आज (आइतबार) अन्तिम दिन रहेको छ । जसअन्तर्गत ग्राहकले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ–कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक रु २१० सम्म र अफर अवधिभर अधिकतम रु २१०० सम्मको क्यासब्याक पाउन सक्नेछन् । क्यासब्याकको अतिरिक्त ग्राहकलाई दैनिक आकर्षक उपहारहरु पनि प्रधान गरिरहेको छ ।

डेबिट र क्रेडिट कार्डबाहेक बैंकको मोबाइल बैंकिङबाट अफर अवधिभर कुनै पनि कारोबार गर्ने ग्राहकमध्येबाट एक जनाले मेगा बम्पर उपहारस्वरुप फोनपेको तर्फबाट सामसुङ ग्यालेक्सी एस–२१ फोन प्राप्त गर्न सक्नेछन् ।

साथै सबल उत्कृष्ट एंव विस्तारित पहिचान बनाएको माछापुच्छ्रे बैंकको २१ वर्षको गौरवमय यात्रामा साथ दिने सम्पूर्ण ग्राहक शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एंव शुभचिन्तक महानुभावमा बैंकले हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्