Logo
Logo

उल्टो बाटो हिँड्दै कांग्रेस, हस्ती नै गणतन्त्र उल्टाउने सपना देख्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । गत सोमबार राजधानीको प्रज्ञा भवनमा आयोजित नेकपाको ७०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसलाई कटाक्ष गर्दै भनेका थिए, ‘हेर्दा हेर्दै नेपाली कांग्रेस कहाँ पुग्यो । प्रधानमन्त्री ओलीको सो भनाइ डेढ वर्षअघि सकिएको निर्वाचनको परिणामतिर लक्षित थिएन । लक्षित थियो, ‘कांग्रेसको उल्टो हिँडाइ’तर्फ ।

धर्मनिरपेक्षताको विरोध गर्ने आडमा महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला, पूर्णबहादुर खड्का दक्षिणपन्थी शक्तिलाई बल पु¥याइरहेका छन् । रामचन्द्र पौडेलसमेतका अभिव्यक्ति फरक सुनिन थालेको छ । कांग्रेसमा ठूलो संख्यामा महासमिति र महाधिवेशन प्रतिनिधि हिन्दूराज्यको पक्षमा छन् । अघिल्लो महाधिवेशनमा शशांक कोइरालाले खुलेरै हिन्दूराज्य र राजतन्त्रको पुनस्र्थापनाको मुद्दाको पक्षमा आफूलाई उभ्याएर महाधिवेशन प्रतिनिधिसँग भोट मागेका थिए ।

हुन पनि प्रधानमन्त्री ओलीले भने जस्तै कांग्रेस यतिबेला उल्टोबाटो हिँड्न खोजिरहेको छ । नेपाली जनताको त्याग बलिदानबाट प्राप्त गणतन्त्रलाई बलियो बनाउनेतर्फ नभई हिजोआज कांग्रेस नेताहरू राजतन्त्रको यात्रामा फर्कन खोजिरहेका छन् । कांग्रेसका थुप्रै शीर्ष नेताले सार्वजनिक रूपमै राजतन्त्रको वकालत गर्न थालेका छन् । त्यसैलाई संकेत गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘हेर्दा हेर्दै कांग्रेस कहाँ पुग्यो ।’ प्रगतिशील लोकतान्त्रिक शक्तिका रूपमा रहेको नेपाल कम्युनिष्ट पार्टीसँग निर्वाचनमा व्यहोरेको पराजयको बदलाभावबाट ग्रसित कांग्रेसका नेताले पार्टीका कार्यकर्ताकै मानमर्दन गरिरहेको गुनासो सामाजिक सञ्जालमा बढ्दोछ । ‘प्रगतिशील शक्तिका विरुद्ध प्रतिगामी शक्तिसँग साँठगाठ गर्ने गलत प्रवृति नेपाली कांग्रेसमा हावी हुँदै गएको छ । यो खेदजनक छ,’ मकवानपुरको थाहा नगरपालिकाका एक कांग्रेस कार्यकर्ता विजय थापाले फेसबुकमा लेखेका छन्, ‘गणतन्त्र ल्याउन हाम्रो पनि रगत पसिना बगेको छ । कांग्रेसकै नेताले राजतन्त्रको वकालत गरेको सुन्दा घृणा लाग्छ ।’

थापाको सो स्टाटस थुप्रै कांग्रेस कार्यकर्ताले लाइक र सेयर गरेका छन् । सेयर गर्ने क्रममा थुप्रैले नेकपाको सरकारको कामबाट आफूहरू प्रभावित भएकोसमेत लेखेका छन् । ‘जन्मसिद्ध श्रेष्ठताका लागि मेरो शासक भईदेऊ भनेर दरखस्ता हाल्ने अवस्थामा हाम्रो कांग्रेस नेताहरू पुगेको देख्दा विचित्र लागेको छ । यो पार्टी हामीले सोचेको पार्टी होइन, हामीले चाहेको र बनाउन खोजेको पार्टी होइन । अब विकल्प नखोजी हुँदैन,’ अर्को स्टाटसमा पर्वत कुश्माका रामकृष्ण पौडेलले लेखेका छन् ।

कांग्रेसका आम कार्यकर्तामा यस्तो निराशा आउनुको कारण नेतृत्वमा रहेका केही नेताले देखाएको राजतन्त्र मोह नै हो । धर्मनिरपेक्षताको विरोध गर्ने आडमा महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला, पूर्णबहादुर खड्का दक्षिणपन्थी शक्तिलाई बल पु¥याइरहेका छन् । रामचन्द्र पौडेलसमेतका अभिव्यक्ति फरक सुनिन थालेको छ । कांग्रेसमा ठूलो संख्यामा महासमिति र महाधिवेशन प्रतिनिधि हिन्दूराज्यको पक्षमा छन् । अघिल्लो महाधिवेशनमा शशांक कोइरालाले खुलेरै हिन्दूराज्य र राजतन्त्रको पुनस्र्थापनाको मुद्दाको पक्षमा आफूलाई उभ्याएर महाधिवेशन प्रतिनिधिसँग भोट मागेका थिए । उनी विजयी पनि भए । दुई महिनाअघि मात्रै काठमाडौंमा सकिएको महासमिति बैठकबाट हिन्दूराज्यका लागि जनमत संग्रहको प्रस्ताव पारित गराउन हस्ताक्षर अभियान नै चलेको थियो ।

आसन्न महाधिवेशनलाई ध्यानमा राखेर नेताहरूले राजतन्त्रको पुनस्र्थापनाको समेत कुरा गर्न थालेका हुन् । आउँदो महाधिवेशनमा पनि सभापतिको उम्मेदवार बन्ने तयारी गरिरहेका पौडेलले समेत आफूनिकटहरूसँग महाधिवेशन प्रतिनिधिको चाहनालाई स्वीकार गर्नु पार्टी नेतृत्वको दायित्व नै भएको बताउने गरेका छन् । उनी हिन्दूराज्य र राजतन्त्र पुनस्र्थापनाको पक्षमा देखिएर भए पनि महाधिवेशनमा आफूलाई बलियो बनाउन चाहन्छन् । महाधिवेशनकै दौडमा रहेका शशांक, शेखर कोइराला पनि त्यही दाउमा छन् । स्रोतका अनुसार उनीहरूले भारतमा जारी निर्वाचनबाट भारतको सत्तामा पुनः कांग्रेसको उदय हुने र पूर्वप्रतिबद्धताअनुसार नै ज्ञानेन्द्रलाई पनि राजनीतिमा स्थान दिइने भन्न थालेका छन् । पार्टीमा कुनै दुःख नगरे पनि बिपीको पुत्र भएको लाभ उठाउँदै महामन्त्री बन्न सफल भइसकेका शशांकका कुराले हिजोआज पूर्वराजा ज्ञानेन्द्र र राप्रपा अध्यक्ष कमल थापा खुसी हुन थालेका छन् । यही बेला ज्ञानेन्द्र देशका विभिन्न स्थानको धार्मिक भ्रमणका नाममा सक्रियता बढाउन खोजिरहेका छन् भने राप्रपा अध्यक्ष थापा राजतन्त्र पुनर्बहालीको सपना साँचेर देश दौडामा छन् । यी सबै कुराको सूचना पाइरहेकै कारण प्रधानमन्त्रीले गत साता कांग्रेसलाई भनेका थिए, ‘हेर्दा हेर्दै कांग्रेस कहाँ पुग्यो ।’

प्रतिक्रिया दिनुहोस्