Logo
Logo

पूर्व सभासद् इच्छाराज तामाङसहित १२ जना पक्राउ




काठमाडौं । सहकारीको रकम हिनामिनाको आरोपमा व्यवसायी तथा पूर्व सभासद् इच्छाराज तामाङसहित १२ जना पक्राउ परेका छन् । सिभिल सहकारीमार्फत ठगी गरेको आरोपमा सिआइबीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।


उनीहरुले ४६ करोड रुपैयाँ ठगी गरेको उजुरी परेको आधारमा पक्राउ गरिएको सिआइबीका डिआइजी धीरज सिंहले बताए । पक्राउ पर्नेमा केशबलाल श्रेष्ठ लगायत अन्य कर्मचारी छन् । उनीहरुले निक्षेपकर्ताको रकम ठगी गरेका हुन् । सिभिल होम्सका सञ्चालक तामाङमाथि सहकारीको रकम हिनामिना गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्