Logo
Logo

सुन तस्करी मुद्दाको फैसला आजः नौ प्रहरीको के होला ?




काठमाडौं । ३८ सय केजी सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको आज फैसला हुँदैन । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालले यसको फैसला सुनाउँदैछन् ।


प्रहरी अधिकारी र ठूला व्यापारी जोडिएको यो मुद्दाको फैसलामा धेरैको चासो छ । यसमा ९ प्रहरी अधिकारीविरुद्ध समेत मुद्दा दायर भएको थियो । जसमध्ये चार जना थुनामा छन् । तत्कालिन एसएसपी गोविन्द निरौला, डिएसपी संजय राउत र हवल्दार विष्णु ख्ड्का र अम्बरबहादुर थापा थुनामा छन् ।
पूर्व डिआइजी गोविन्द निरौला, हाल डिआइजी रहेका दिवेश लोहनी, एसपी विकासराज खनाल, प्रजित केसी र सइ बालकृष्ण सञ्जेल भने साधरण तारेखमा छुटेका थिए ।
एक सय ७७ जनाविरुद्ध मुद्दा दायर भएकोमा २२ जना अझै फरार छन् । ३० जना जेलमा छन् भने २५ जना धरौटी तथा साधरण तारेखमा छुटेका थिए ।
गत आइतबार मुद्दामा दुबै पक्षको बहस सकिएको थियो । हतार हतार फैसला गर्न लागिएकाले कानून व्यवसायी सेटिङको समेत आशंका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्