Logo
Logo

नागरिक लगानी कोष र आइएमईबीच सम्झौता



काठमाडौ । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सोसम्बन्धी समझदारीपत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलबीच सोमबार हस्ताक्षर भएको हो । वैदेशिक रोजारीमा रहेका नेपालीहरुलाई नागरिक पेन्सन योजनामा आवद्ध गर्न ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)को प्रावधिक सयोगमा कोष र रेमिटयान्स कम्पनीहरुको सफ्टवेयरलाई आवद्धता गर्ने सफ्टवेयर निर्माण गरेको थियो ।

उक्त सफ्टवेयरको निर्माणसँगै आइएमईसँग भएको समझदारीले वैदेशिक रोजागारीमा रहेका नेपालीले सहजरूपमा नागरिक पेन्सन योजनामा सहभागी हुन र रकम जम्मा गर्न सक्ने अपेक्षा गरिएको छ । सो अवसरमा कोषका नायब कार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेल, निर्देशक गोपाल घिमिरेलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्