Logo
Logo

थानकोटबाट एकको अपहरण, महिलासहित दुई पक्राउ




काठमाडौं ।
थानकोटबाट एक महिलाको अपहरणको आरोपमा दुई जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले
भक्तपुर ठिमीका धिरोज श्रेष्ठ तथा चाँगुनारायणकी रसिला अवाललाई पक्राउ गरेको हो ।

उनीहरुले गत १५ असोजमा चन्द्रागिरी–३ थानकोट बस्ने निरमान बोम्जनकी श्रीमतीलाई अपहरण गरेको प्रहरीले जनाएको छ । अपहरितलाई चाँगुनारायण नगरपालिका १ सरस्वतीखेल स्थित रसिला अवालको घरकोठाबाट उद्दार गरि उक्त घटनामा संलग्न धिरोजलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्