Logo
Logo

श्रीमतीलाई वेश्यालयमा लगेर बेच्ने युवक पक्राउ




काठमाडौं । आफ्नै श्रीमतीलाई वेश्यालयतमा लगेर बिक्रि गर्ने नुवाकोट दुप्चेश्वरका एक युवक पक्राउ परेका छन् । ३४ वर्षिय ती व्यक्तिले २०७१ सालमा श्रीमतीलाई भारतको कोठीमा लगेर एक लाख ६० हजारमा बिक्रि गरेका थिए । यसमा संलग्न श्रीमान र सहयोगी पासाङ तामाङलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।


नुवाकोटकै पासाङमार्फत उनले बिक्रि गरेका हुन् । सुरुमा उनले पासाङलाई जिम्मा लगाएका थिए । पासाङ तामाङ्गले काम लगाई दिन्छु भनि बालाजुको होटलमा लगि एक महिलाको जिम्मा लगाई गएको, ती महिलाले घरयासी काममा लगाई मासिक १०,०००।– दिन्छ भनि आफ्नो कोठामा लिई गई ३ दिन सम्म राखी उनको भिनाजु भनिएको व्यक्तिलाई बोलाई जिम्मा लगाई पठाएकोमा ती व्यक्तिले सुनौली नाका हुँदै ट्रेनमा राखी भारतको नयाँदिल्ली स्थित म्हेन्दो तामाङको घरमा पुर्याएका थिए । म्हेन्दो तामाङले ३ दिन सम्म आफ्नो घरमा राखि एक जना मान्छेको जिम्मा लगाई आग्रामा रहेको बेश्यालयमा पुर्याएई ८ महिना सम्म जबरजस्ती बेश्याबृत्तिमा लगाएकोमा पुनः दाई लिन आएको भनि झुक्याई म्हेण्डो तामाङको घरमा ल्याई ६४ नं.को गल्लीमा रहेको कोठीमा राखी बेश्याबृत्तिमा लगाएका थिए । नेपाली राजदुतावास र शक्ती समुहको सहयोगमा उनलाई उद्धार गरी गत जेठमा नेपाल ल्याइएको थियो ।

उनले गत भदौ १ गते प्रहरीमा उजुरी दिएकोमा त्यसमा संलग्न श्रीमानसहित दुई जनालाई पक्राउ गरेको हो । आफ्नै श्रीमती बेच्ने ती पुरुषको नाम प्रहरीले खुलाएको छैन। उनीहरुको पाँच सन्तान रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्