Logo
Logo

सिभिल सहकारीका कर्मचारीसँगै सिभिल होम्सका प्रबन्धक पनि पक्राउ




काठमाडौं । सिभिल सहकारीको ठगी प्रकरणमा सिभिल होम्स पनि मुछिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यसमा सिभिल होम्सका कर्मचारीलाई पनि पक्राउ गरेको छ ।


सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित हालका अध्यक्ष केशवलाल श्रेष्ठ प्रबन्धक भगवान बहादुर सिंह प्रहरीले पक्राउ गरेको छ । साथै सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाहलाई पनि पक्राउ गरिएको सिआइबीले जनाएको छ ।


सहकारीका जुनियर अधिकृत शंकरप्रसाद पाठक, लेखा अधिकृत राकेश महर्जन। सहायक प्रबन्धक बुद्धराज तामाङ,
जुनियर सहायक प्रबन्धक कौश्तुप चेतन ढुंगाना, पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने, जुनियर असिस्टेन्ट म्यानेजर एलिना तुलाधर, जुनियर असिस्टेन्ट म्यानेजर मायोनानी महर्जन असिस्टेन्ट संगीत श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।


निक्षेपकर्ताको करोडौं रकम फिर्ता नगरेपछि उनीहरुविरुद्ध उजुरी परेको थियो । एमालेको आडमा जोगिदै आएका तामाङ सरकार परिवर्तन भएपछि पक्राउ परेका हुन् । निक्षेपकर्ताको रकम उनले अनियमित तरिकाले आफन्तलाई कर्जा दिएका थिए । कर्जा नउठेपछि सहकारी संकटमा फसेको थियो ।

प्रतिक्रिया दिनुहोस्