Logo
Logo

साढे ३३ किलो सुन तस्करीमा मुछिएका सबै प्रहरीलाई सफाइ



विराटनगर । साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् ।

मोरङका जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले गोरे भनिने चुडामणी उप्रेतीसहित ८ जनालाई मात्र सजाय
भएको छ । र, यस मुछिएका तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौलासहित नौ प्रहरीले सफाइन पाएका छन् ।

सफाइ पाउनेहरूमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी निरौलासगै एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन् ।

त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।

२०७४ माघको पहिलो साता काठमाडौं भित्रिएको ३३ किलो सुन भरियामार्फत् एकाएक गायब भएपछि यो घटना सार्वजनिक भएको थियो । २०७४ फागुनमा मोरङको उर्लाबारी–७ निवासी शाक्यको हत्याको कारण खोज्दै जाँदा साढे ३३ किलो सुन तस्करी प्रकरण बाहिर आएको थियो

सरकारले छानविनका लागि सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति बनाएको थियो । समितिले घटनाको प्रारिम्भक अनुसन्धान गरेको अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायतलाई पनि पक्राउ गरेर मुद्दा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्