Logo
Logo

३८ क्वीन्टल सुन तस्करी प्रकरणमा ४८ जनालाई सफाइ



विराटनगर । ३८ क्वीटल सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा ४८ जनाले सफाइ पाएका छन् ।

मोरङका जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले गोरे भनिने चुडामणी उप्रेतीसहित ८ जनालाई दोषि ठहर गरेकाे हाे ।

लम्सालको इजलासले ६ जनालाई भने जन्मकैदको सजाय सुनाएको छ । गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारी गरी ६ जनालाई जन्मकैदको सजाय सुनाइएको हो । यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ ।

फरार २१ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको छ । अन्य ४८ जना आरोपीलाई भने अदालतले सफाइ दिएको छ । यस मुछिएका तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौलासहित नौ प्रहरीले पनि सफाइन पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्