Logo
Logo

हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए शपथ



काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठलाई मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

अध्यक्ष श्रेष्ठले शपथ ग्रहण पश्चात पद बहाली गरे। उनलाई बैंकका संचालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणा लगायत बंैकका वरिष्ठ अधिकृतहरुले स्वागत गरे ।

श्रेष्ठलाई २०७८ साल आश्विन १३ गते बसेको बैंकको ४११ औँ संचालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो । श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंक लिमिटेडको संचालक समितिका सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्