Logo
Logo

डिएसपी भण्डारीलाई पूर्णशान्ति, सइ पाण्डेलाई योगेन्द्र स्मृती पुरस्कार




काठमाडौं । प्रहरीको प्रतिष्ठित पूर्ण शान्ति पुरस्कार डिएसपी धर्मराज भण्डारीले पाएका छन् ।

६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा बहाल गरी कानून कार्यान्वयन गर्ने क्रममा जोखिमपूर्ण कार्य गरेबापत डिएसपी भण्डारीलाई पूर्ण शान्ति पुरस्कार २०७८ पुरस्कार प्रदान गरेका हुन् । अपराध अनुसन्धान लगायत क्षेत्रमा उत्कृष्ट काम गरेकाले उनलाई सो पुरस्कार दिइएको बताइएको छ । डिएसपी भण्डारी हाल जिप्रका कपिलवस्तुमा कार्यरत छन् ।


त्यस्तै, साहसिक तथा जोखिमपूर्ण कार्य गरे वापत प्रहरी नायव निरीक्षक सुमेश पाण्डेलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्