यी हुन् वर्षका उत्कृष्ट प्रहरी « Drishti News – Nepalese News Portal
Logo

यी हुन् वर्षका उत्कृष्ट प्रहरी


दृष्टि न्यूज



काठमाडौं । यो वर्षको सर्वोत्कृष्ट अनुसन्धानकर्तातर्फको पुरस्कार प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ्गले पाएका छन् । संखुवासभाको मादीस्थित सामूहिक हत्याको सफल अनुसन्धान गरेवापत उनले सो पुरस्कार पाएका हुन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बुधबार आयोजित प्रहरी दिवसमा उनलाई सो पुरस्कार प्रदान गरे ।


उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायव उपरीक्षक फनिन्द्र प्रसाईले पुरस्कार पाएका छन् । लागु औषधसम्बन्धि अपराधको अनुसन्धानमा उनले उत्कृष्ट काम गरेका हुन् । त्यस्तै प्रहरी निरीक्षक मणिराम थापा, प्रहरी नायव निरीक्षकद्वय सन्तोष थापा मगर र कृष्ण राज सेढाईलाई पनि उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार दिइएको छ ।


उत्कृष्ट अनुसन्धानकर्ता सोकोतर्फ प्रहरी सहायक निरीक्षक मच्छेन्द्र नाथ, उत्कृष्ट व्यवस्थापकीय कार्य गर्ने प्रहरी नायव उपरीक्षक जनक बहादुर शाही, उत्कृष्ट ट्राफिक व्यवस्थापनतर्फ प्रहरी निरीक्षक सुनिल कार्की, उत्कृष्ट विपद् उद्दारक प्रहरी जवान संजिव कुमार साह, सपोर्ट समूह (प्राविधिक)तर्फ प्रहरी नायव उपरीक्षक उदयजङ्ग बहादुर राणा, प्रहरी निरीक्षक ई.चिरञ्जिवि प्रताप महतो, प्रहरी नायव निरीक्षकहरू शान्ति शाक्य, रमण बहादुर पल्ली मगर, सन्तोष लामा, प्रहरी हवल्दारहरू राजन भण्डारी, पूर्ण बहादुर खत्री र पुरुषोत्तम माझीले पुरस्कार पाएका छन् ।
यसैगरी जोखिमपूर्ण कार्य गर्ने प्रहरी नायव उपरीक्षक डा. जयन्ति ढुङ्गाना, प्राविधिक प्रहरी निरीक्षक निरुषा महर्जन, प्रहरी कार्यालय सहयोगीद्वय सर्मिला भुलेज र सुरज देउला, उत्कृष्ट खेलाडी तथा खेल प्रशिक्षकतर्फ प्रहरी नायव निरीक्षक केदार बहादुर सिङ्खडा, प्रहरी जवानहरू कुशल भुर्तेल, सुशिला थापा, रोशन कार्की र निरु थापा, उत्कृष्ट आन्तरिक तथा बाह्यङ प्रशिक्षकतर्फ प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, प्रहरी जवानद्वय सम्झना रायमाझी तथा बिमला चौधरी र पुरस्कार पाउने अन्य प्रहरी कर्मचारीतर्फ प्रहरी नायव निरीक्षक नविन कुमार गिरी तथा प्रहरी कार्यालय सहयोगी निराजन श्रेष्ठलाई पुरस्कृत गरिएको छ ।


यसैगरी प्रहरी महानिरीक्षक थापा क्षेत्रीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग पु¥याउने स्थानीय तह अन्तर्गत काठमाडौं महानगरपालिका, संघ संस्थातर्फ नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन, एपी १ टेलिभिजन, टुडालदेवी जेष्ठ नागरिक समिति, भक्तपुर उद्योग वाणिज्य संघ, शैक्षिक संस्थातर्फ सारदा मावि भक्तपुर नगरपालिका–२, ईन्द्रेश्वरी मावि सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११, संस्थागततर्फ आसरा सुधार केन्द्र रानीबारी काठमाडौं, फ्रिडम किड व्याग सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–५ लाई कदरपत्र प्रदान गरिएको छ ।


यसैगरी प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी द्वैमासिक पत्रिकामा २०७७ मा प्रकाशित लेख रचनामध्ये प्रहरीतर्फ प्रहरी निरीक्षक घन बहादुर थापा र सर्वसाधारणतर्फ काठमाडौं बबरमहलका गम्भीर बहादुर हाडालाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका छन् ।


प्रहरीको प्रतिष्ठित पूर्ण शान्ति पुरस्कार भने डिएसपी धर्मराज भण्डारीले पाएका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा बहाल गरी कानून कार्यान्वयन गर्ने क्रममा जोखिमपूर्ण कार्य गरेबापत डिएसपी भण्डारीलाई पूर्ण शान्ति पुरस्कार २०७८ पुरस्कार प्रदान गरेका हुन् । अपराध अनुसन्धान लगायत क्षेत्रमा उत्कृष्ट काम गरेकाले उनलाई सो पुरस्कार दिइएको बताइएको छ । डिएसपी भण्डारी हाल जिप्रका कपिलवस्तुमा कार्यरत छन् ।


त्यस्तै, साहसिक तथा जोखिमपूर्ण कार्य गरे वापत प्रहरी नायव निरीक्षक सुमेश पाण्डेलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्