Logo
Logo

एमाले केन्द्रीय सदस्य जोशीसहितका नेता समाजवादी प्रवेश गर्दै




काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी लगायत केही नेता नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन्। बिहीबार उनी समाजवादी पार्टीमा प्रबेश गर्न लागेको स्रोत बताउँछ ।


पार्टी विभाजनको अन्तिम समयमा उनी एमालेमै बसेका थिए । जोशी सुदुरपश्चिमका एमालेका प्रभावशाली नेता हुन् । उनलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने सहमति भएको छ । यसअघि उनी पार्टीमा नआएपछि युवा नेतृ गरिमा शाहलाई प्रदेश इन्चार्ज बनाइएको थियो । सुदुरपश्चिम प्रदेशसभामा समाजवादी सबैभन्दा ठूलो दल हो ।


एमाले पार्टी भन्दा केपी ओलीको निजी कम्पनी जस्तो बन्दै गएपछि धेरै नेता तथा कार्यकर्ताहरु पछिल्लो समय समाजवादीतर्फ लाग्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्