Logo
Logo

भ्रमण छोट्याएर राष्ट्रपति भण्डारी बुधबार स्वदेश फर्कदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ बैशाख ।
चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमण छोट्याएर बुधबार स्वदेश फर्कने भएकी छन्।


९ दिने भ्रमणका लागि चीनको भ्रमणमा रहेको राष्ट्रपति भण्डारी निर्धा्रित समयभन्दा एक दिन अगावै स्वेदश फर्कन लागेकी हुन्। स्वास्थ्यमा समस्या आएकाले राष्ट्रपति भण्डारी स्वदेश फर्कन लागेको बताइएको छ।
तिब्बतबाट उनी फर्कन लागेकी हुन् । मंगलार उनी भ्रमणका लागि तिब्बत पुगेकी छिन् । नेपाल एयरलाइन्सको जहाज चार्टड गरिएपनि नियमित उडानबाटै उनी फर्कन लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्