Logo
Logo

६ लाख चोरेर झ्यालबाट भाग्ने क्रममा अनामनगरमा एक पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ बैशाख ।
६ लाख रुपैयाँ चोरी गरेर निस्कने क्रममा अनामनगरमा एक युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त सिंहदरबारको संयुक्त टोलीले धरान जिल्लाको धरान नगरपालिका–११ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनानगर नै बस्ने वर्ष ३२ का कृतन राई रहेका छन् । प्रहरीका अनुसार राई पेशेवर चोर हुन् ।


अनामनगरस्थित लालबहादुर राईको घरको पहिलो तलामा रहेको सगरमाथा पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयमा कोही नभएको अवस्थामा दराजको सेफभित्र राखिएको नगद चोरी गरेर भाग्ने क्रममा राईलाई पक्राउ गरिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालय ललितपुर पाटन घर भएका निशान भन्ने खगेन्द्र श्रेष्ठले सञ्चालन गर्दै आइरहेका थिए । सोही कार्यालयबाट नगद ६ लाख झोलामा राखेर कार्यालयको झ्यालबाट हाम माफी भाग्ने क्रममा उनलाई स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको डीएसपी बोगटीले बताए ।

बोगटीका अनुसार राईले सोही कार्यालयबाट २ वर्षअघि ल्यापटप समेतको धनमान चोरी गरी सो मुद्दामा २ वर्ष कैद सजाय भोगेर कारागारबाट भुक्तान गरी छुटेको १ महिना नबित्दै पुन चोरी कार्यमा संलग्न भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्