Logo
Logo

बाराको सिम्रौनगढमा इन्भेष्टमेण्ट बैंकको ८८औं शाखा



काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकामा नेपाल इन्भेष्टमेण्ट बैंकले ८८औं शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन सिम्रौनगढका मेयर विजय शंकर यादव र प्रबन्धक सुशीलकुमार श्रेष्ठले गरेका थिए ।

सिम्रौनगढ शाखाले ग्राहकहरुलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागलाई पूर्णरुपमा पूरा गर्न बैंकिङ सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

इन्भेष्टमेण्ट बैंकले ८७ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल)ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्