Logo
Logo

तस्करले लुटे असईको पेस्तोल


- दृष्टि न्युज/संवाददाता


धनुषा, १८ बैशाख ।
धनुषामा तस्करको एक समूहले प्रहरीकै पेस्तोल लुटेका छन् । मुखियापट्टी मुसहर्निया गाउँपालिकामा तस्करहरूको समूहले प्रहरी सहायक निरीक्षकको पेस्तोल लुटेर भागेका छन् ।

बुधवार बिहान २ बजेको समयमा तस्करहरूको समूहले गस्तीमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहसँग रहेको चाइनिज पेस्तोल १ थान र त्यसको म्यागेजिन समेत लुटेर लगेका छन् ।
भारतमा अवैध रहेको रक्सी तस्करी गर्ने गरेका समूहले पेस्तोल लुटेको हो । हाल घटनास्थलमा डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा प्रहरीको टोली परिचालन गरिएको छ । पेस्तोल लुट्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तस्करहरु ठूलो संख्यामा रहेकाले असईलाई नियन्त्रणमा लिएर उनीहरुले पेस्तोल लुटेका हन् ।

प्रतिक्रिया दिनुहोस्