Logo
Logo

श्रीमतीको योजनामा राजकुमारको हत्या, हत्या गरेर भाग्दाभाग्दै मृत्यु




काठमाडौं । श्रीमानले रक्सी खाएर यातना दिएको भन्दै ललितपुरमा एक महिलाले साथीको प्रेमी लगाएर श्रीमानको हत्या गराएकी छिन् । हत्या गर्ने युवकको भाग्ने क्रममा मृत्यु भएको छ ।


ललितपुर वाग्मती गाउँपालिका–७ देवीचौरकी २८ वर्षीया रजीना भोलुनलाई श्रीमान् राजकुमार भोलुनको हत्या गराएकी हुन् । बहिनीकी साथी लक्ष्मी ब्लोनका प्र्रेमी मनोज सार्कीमाथि उनीहरुले हत्या योजना बनाएका हुन् । जसअनुसार गत ११ असोजमा राजकुमारको धारीलो हतियार प्रयोग गरी प्यूटारमा हत्या भयो । हत्यापछि भाग्ने क्रममा मनोजको लडेर मृत्यु भयो ।


घटनामा संलग्न उनकी श्रीमती रजनी, उनकी बहिनी सुनीता सिँतान र उनका भाइ ज्ञानबहादुर सिँतानलाई प्रहरीले पक्राउ गरेको छ । हत्यावापत उनीहरुले मनोजलाई ५० हजार दिने बताएका थिए । अज्ञात व्यक्तिले हत्या गरेको नाटक गर्ने उनीहरुको योजना थियो । तर, अनुसन्धानको क्रममा उनीहरुको सबै योजना पत्ता लगाइएको ललितपुर प्रहरीले जनाएको छ । रजीन र राजकुमार दुवै ज्यामी काम गर्दथे ।

प्रतिक्रिया दिनुहोस्