Logo
Logo

थाङ्कामा लुकाएर हङकङ चरेश तस्करी गर्ने गिरोह समातियो




काठमाडौं । थाङकामा लुकाएर कुरिअरमार्फत हङकङमा चरेश तस्करी गर्ने गिरोह समातिएको छ । लागू औषध नियन्त्रण ब्यूरोले सात जनालाई पक्राउ गरेको हो ।


गत १४ असोजमा ब्यूरोले सुरुमा ललितपुरको मानभवनस्थित ब्लु स्टार कार्गाेमार्फत हङकङमा पठाउन लागिएको नौ वटा थाङकामा तीन केजी ५९ ग्राम चरेश बरामद गरी अन्जित थापालाई पक्राउ गरेको थियो ।
गिरोहमाथि अनुसन्धान गर्ने क्रममा सुजन श्रेष्ठ, जालिन्द्र श्रेष्ठ, दिन दयाल महतो उराव, दिपेन्द्र महतो उराव, रबि मोक्तान र मोतीलाल तामाङलाई पक्राउ गरेको हो । उनीहरुबाट थप चरेश प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्