Logo
Logo

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले दुईवटा महानगरीय प्रहरी वृत्तलाई विभिन्न सामग्री सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी वृत्त मालीगाउँलाई सहयोग सामग्री प्रदान गरेको हो ।

सहयोगमा जनचेतनामूलक पर्चा, प्रहरी चेकिङका लागि बोर्ड, महत्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकर्स, मास्क लगाउन आग्रहका लागि स्ट्यान्डी आदिजस्ता सामग्रीहरू हस्तान्तरण गरेको जनाइएको छ । यस सहयोगबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै सबै क्षेत्रका नागरिकको हितमा काम हुने र चाडपर्वका वेला अपराध नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्