Logo
Logo

मेगा बैंकको कार्डमा ‘फेस्टिभल अफर’



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दसैँ–तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई इ–कमर्स कारोबारमा ‘फेस्टिभल अफर’ ल्याएको छ । बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई इ–कमर्स कारोबारको १० प्रतिशत वा बढीमा पाँच सय रुपैयाँसम्म क्यासब्याक र क्रेडिट कार्ड प्रयोगकर्तालाई इ–कमर्स कारोबारको १५ प्रतिशत वा एक हजार रुपैयाँसम्म क्यासब्याकको अफर ल्याएको हो ।

बैंकमा खाता खोली पहिलोपटक इ–कमर्स कारोबार गर्ने डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई इ–कमर्स कारोबारको २० प्रतिशतसम्म वा दुई हजार रुपैयाँसम्म क्यासब्याक सुविधा दिइने जनाएको छ ।

कात्तिक २४ गतेसम्म सञ्चालन हुने यस योजनामा सबैभन्दा बढी कारोबार गर्ने पाँचजना डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई उपहार कार्डको व्यवस्था गरिएको बैंकले जनाएको छ । यसैगरी, चाडपर्वभरि मेगा बैंकले इ–कमर्स कारोबारमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्