Logo
Logo

गृह मन्त्रालयमै सुरक्षाकर्मीको दुरुपयोग



काठमाडौं । गृह मन्त्रालयको केही महिनाअघि पूर्व राजादेखि पूर्व डिआईजीसम्मको घरबाट प्रहरी फिर्ता गर्याे । बिशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धि नयाँ कार्यविधि ल्याएर ठूलो संख्यामा सुरक्षाकर्मी कटौती गरिएको थियो ।

सुरक्षा विश्लेषण नै नगरी कटौती गरिएको भन्दै कतिपयले आक्रोश समेत पोखे । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षामा त पूर्व लडाकु खटिए । पूर्व राजा ज्ञानेन्द्रले सुरक्षा अपुग भएको भन्दै पत्राचार गरे ।

गृहको निर्णयले पूर्व प्रहरी अधिकारी समेत रुष्ट भएका छन् । अवकाशप्राप्त आइजिपीबाहेक कसैले सुरक्षाकर्मी राख्न नपाइने नयाँ कार्यविधिमा उल्लेख छ । बिशिष्ट श्रेणीबाट अवकाश पाएको व्यक्तिले समेत सुरक्षाकर्मी नपाउने नियमको प्रहरीभित्र पनि आलोचना भएको छ । नयाँ कार्यविधिअनुसार तीन सय भन्दा धेरै सुरक्षाकर्मी फिर्ता भएका छन् । तर, अनौठो के छ भने गृह मन्त्रालयले नै समेत सुरक्षाकर्मीको दुरुपयोग गरिरहेको छ ।

त्यतीमात्र होइन चिया पकाउने कर्मचारी समेत प्रहरीकै परिचरलाई राखिएको छ । केही सहसचिवले आफ्नो घरमा समेत प्रहरीलाई कामदार बनाएर राखेका छन् । गृहमन्त्रीको सचिवालयमा त्यस्तै अवस्था छ । अहिले नयाँ सरकार बनेपछि सुरक्षाकर्मीको दुरुपयोग झन् बढेको छ ।

प्रतिक्रिया दिनुहोस्