Logo
Logo

बढी भाडा असुल्ने टिकट काउन्टरका कर्मचारीसहित ६ पक्राउ




काठमाडौं । दसैंको मौकामा यात्रुसँग बढी भाडा असुल्ने ६ जना पक्राउ परेका छन् । महानगरीय ट्राफिक महाशाखाले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो ।

कोटेश्वरको टिकट काउन्टरबाट पक्राउ परेकाहरू


कोटेश्वरबाट धादिङका भरत गुरुङ, सिन्धुलीका सत्यबहादुर खड्का, सर्लाहीका सनिल लामा र थानकोटका सुनिल श्रेष्ठ पक्राउ परेका हुन् । उनीहरुले काउन्टरमै सरकारले तोके भन्दा महंगो टिकट काट्ने गरेका थिए ।
त्यस्तै, नयाँ बसपार्कबाट लमजुङका सागर नेपाली र प्रविण रानाभाटलाई प्रहरीले पक्राउ गरेको हो । कसैले बढी भाडमा लिएमा १०३ नम्बरमा फोन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्