Logo
Logo

पूर्वराजा ज्ञानेन्द्र भन्छन्: नेपालमा राजसंस्थाबिना प्रजातन्त्र टिक्न सक्दैन




काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चर्काे राजनीतिक टिप्पणी गरेका छन् । राजसंस्था बिना नेपालमा प्रजातन्त्र टिक्न नसक्ने उनले बताएका छन् ।


मंगलबार दसैंको शुभकामना सन्देश जारी गर्दै उनले नेपालजस्तो मुलुकमा राजसंस्था बिना प्रजातन्त्र नटिक्ने बताएका हुन् । राजतन्त्र हटेपछि पहिलोपटक राजसंस्थाको बरोमा उनले यो तहको टिप्पणी गरेका हुन् ।
शाहले देशको तत्कालिन परिस्थितिले बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएको भन्दै उनले प्रजातन्त्र बिना राजसंस्था र राजसंस्था बिना प्रजातन्त्र टिक्न नसक्ने बताएका हुन् । जुनसुकै विचारमा आबद्ध भए पनि राजसंस्थाका विषयमा सबै पक्ष एक ठाउँमा आउने पूर्वराजा शाहले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्