Logo
Logo

अष्ट्रेलियामा नेपाली विद्यार्थीका लागि नयाँ नियम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ बैशाख । नेपाली विद्यार्थीका लागि शैक्षिक गन्तव्य बन्दै आएको अष्ट्रेलियामा नेपाली विद्यार्थीका लागि अब नयाँ नियम लागू हुने भएको छ । त्यहाँको अध्यागमन विभागले प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीका लागि नयाँ नियमको घोषणा गरेको छ ।
नेपाली विद्यार्थीका लागि मात्र लक्षित गरेर पहिलोपटक अष्ट्रेलियाली सरकारले नियम जारी गरेको हो । नयाँ नियम यही मे १ देखि लागू भएको जनाइएको छ । अष्ट्रेलियाको गृह मन्त्रालयद्वारा जारी सूचना अनुसार प्राविधिक शिक्षा अध्ययन गर्न आउने विद्यार्थीले अंग्रेजी तथा आफ्नो आर्थिक क्षमताको सबै विवरणहरु पूर्णरुपमा पेश गर्नुपर्ने । यसअघि यो प्रावधान अनिवार्य थिएन ।
अष्ट्रेलियामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या अत्यधिक बढ्दै गएको भन्दै विद्यार्थीहरुको भविष्यलाई सुरक्षित राख्नका लागि यो नियम लागु गरिएको सूचनामा जनाइएको छ ।
प्राविधिक शिक्षामा अध्ययन गर्न अष्ट्रेलिया जाने विद्यार्थीलाई मात्र लक्षित गरिएको उक्त नयाँ निमय ब्याचलर्स, मास्टर्स र सो भन्दा माथिका विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई भने असर नगर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्