Logo

चितुवाको छाला बेचेर पैसा आउन आएका पाँच युवक भक्तपुरमा पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौैं, १९ बैशाख ।
महानगरीय प्रहरी परिसर भक्तपुरले चितुवाको छाला सहित ५ जनालाई नियन्त्रणमा लिएको छ।

भक्तपुर सुर्य्विनायक नगरपालिका ६ स्थित सुर्यविनायक चोकमा शंकास्पद रूपमा हिडिरहेको अबस्थामा चेकजाँच गर्दा चापागाँउ बस्ने मकवानपुर भिमफेदीका ४० वर्षीय आन्नद तामाङ, काठमाण्डौ बौद्ध बस्ने ओखलढुङगाका २४ वर्षीय मनोज कार्की, ललितपुर चापागाँउ बस्ने सिन्धुपाल्चोक चौताराका ३१ बर्षीय नरेन्द्र तामाङ, सिन्धुली गोलन्जोरका ३४ बर्षीय रत्न बहादुर माझी र सिन्धुलीकै विष्णु बहादुर माझीको साथबाट चितुवाको छाला जस्तो देखिने जंगली जनावरको छाला २ वटा र भालुको पित्त जस्तो देखिने पदार्थ बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्