Logo
Logo

माल्दिभ्समा फुटबल खेलाडीले यसरी मनाए दशैं (फोटोफिचर)



काठमाडौं । साफ च्याम्पियनसिपका लागि माल्दिभ्समा रहेको नेपालीफुटबल टिमका सदस्यहरूले माल्दिभ्समै टीका लगाएका छन्। नेपालीहरुले आफन्त र परिवारसँग दशैं मनाइरहेका बेला उनीहरुले टिमका साथ दशैको टिका र जमरा लगाएका हुन्।

नेपाली खेलाडी, प्रशिक्षक तथा अफिसियललाई टिमका ब्यवस्थापक मधुसुधन उपाध्यायले टिका र जमरा लगाइदिएका थिए। यसका साथै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि उपाध्यायले टीका र जमरासँगै ढाका टोपीसमेत लगाइदिएका थिए।

कोभिडका कारण बाहिर जान कठिन भएकाले टिमले आफू बसेकै होटलमा दशैं मनाएका थिए । पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपालले आइतबार उपाधिका लागि भारतविरूद्ध फाइनल खेल खेल्दैछ।

तस्बिरहरु एन्फा

प्रतिक्रिया दिनुहोस्