Logo
Logo

कुवेतमा नेपाली युवतीद्वारा छुरा हानेर प्रेमीको हत्या


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १९ बैशाख ।
कुवेतमा एक नेपाली युवतीले आफ्नो प्रेमीको हत्या गरेका छन् । माया गुरुङले एउटै कोठामा ’लिभिङ टुगेदार’को रुपमा वस्दै आएका तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेकी हुन् ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार अनुसन्धानका लागि माया गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। विकको शवलाई पोसमार्टमका लागि फरेन्सिक विभागमा लगिएको छ।

उनीहरु कुवेतको मंगाफस्थित ब्लक–४ मा बस्दै आएका थिए। माया घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी हुन्। उनी आफ्नो मालिक छोडेर पछिल्लो समय खेमसँग वस्दै आएको हो।

उनीहरुबीच लामो समयदेखि आपसी विवाद भइरहेको कुवेतमा बस्दै आएका नवराज पराजुलीले वताए। ’खेम विकलाई छाती र पछाडि छुरा प्रहार भएको देखिन्छ। उनलाई सेतो कपडाले बेरेको अवस्थामा त्यही घरमा बस्दै आएका नेपालीहरुले देखेको हो,’ पराजुलीले भने, ’प्रहरीले थप अनुसन्धानका लागि उक्त घरमा बस्दै आएका २० जनालाई पक्राउ गरी लगेको छ। अधिकांश अवैध रुपमा वस्दै आएका थिए।’

प्रतिक्रिया दिनुहोस्