Logo
Logo

बबई नदीमा एक पुरुष बेपत्ता, खोजी कार्य जारी



काठमाडौं । सल्यानमा नुहाउने क्रममा शुक्रबार बेपत्ता भएका एक पुरुषको खोजी कार्य जारी छ । जिल्लाको कालीमाटी गाउँपालिका वडा नं. ७ बाटुलेका ३५ वर्षीय श्याम बिक शुक्रबार नुहाउने क्रममा बबई नदीमा बगेर बेपत्ता भएका थिए ।

शुक्रबार प्रहरी र स्थानीयले दिनभर खोज्दा पनि बिकलाई फेला पार्न नसकिएको हुँदा शनिबार बिहानदेखि खोजी कार्य सुरू भएको जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिए ।

सल्यान र बर्दियाको सिमाना जोडिने स्थान बाटुलेमा बबई नदीमा पानी धेरै ठूलो रहेको हुँदा बिक बग्न पुगेको डिएसपी थापाको भनाई छ ।

डिएसपी थापाका अनुसार शनिबार बिहानैदेखि बिकको खोजी कार्यका लागि घुइयाबारीको प्रहरी र सर्वसाधारण समेत खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्