Logo
Logo

इनारभित्र एक युवकको शव फेला



जनकपुरधाम । सिरहास्थित इनारभित्र एक युवक मृत भेटिएका छन् । जिल्लाको नरहा गाउँपालिका–३ स्थित इनारमा गोलबजार नगरपालिका ८ बस्ने २० वर्षीय शत्रुधन महतो शनिबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

महतोलाई इनारमा डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । युवकको शव निकालेर पोष्टमार्टमका लागि पठाउने तयारी गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक अवधकिशोर ओझाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्