Logo
Logo

साफ च्याम्पियनसिप : नेपालको सपना अधुरै



काठमाडौं । साफ च्याम्पियनसिपको उपाधि जितेर इतिहास रच्ने नेपालको सपना अधुरै रहने भएको छ । माल्दिभ्समा भएको १३औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि हात पारेको हो । यससँगै भारत आठौं पटक साफ विजेता बनेको छ ।

योसँगै अब्दुल्लाह अलमुताइरीको नेपालको मुख्य प्रशिक्षकका रुपमा अन्तिम खेलमा वियोगान्त अन्त्य भएको छ । यसअघि नै फाइनल खेल आफ्नो लागि अन्तिम हुने बताएका अलमुताइरी आजको खेलमा निलम्बनका कारण टचलाइनमा उपस्थित हुन पाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्