Logo

राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसञ्चारबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसञ्चार कम्पनीबीच संयुक्त लगानीमा भूक्तानी सेवा प्रदायक कम्पनी सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र दूरसंचारका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका थिए ।

Jpeg

यस सम्झौतापश्चात संयुक्त लगानीमा संस्थापित भुक्तानी सेवा प्रदायक पब्लिक कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भएपश्चात भुक्तानी सेवा प्रदायकको सेवा सञ्चालन गर्दा नेपाल दूरसंचार कम्पनी लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडसँग प्राथमिकताका आधारमा समझदारी गरी डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्