Logo
Logo

धरान अवतरण गरेको प्याराग्लाइडिङ हावाहुरीले सप्तकोशी पुर्यायो, वडा अध्यक्ष घाइते



धरान । आइतबार दिउँसो आएको हावाहुरीका कारण भेडेटारबट उडेको प्याराग्लाइडिड दुर्घटना भएको छ । दुर्घटनामा परी धरान उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष रोशन अधिकारी घाइते भएका छन् ।

वडा अध्यक्ष अधिकारी आफैले उडाएको प्याराग्लाइडिङ धरान अवतरण गर्ने क्रममा अचानक चलेको हावाहुरीले उडाइर सप्तकोशी पारी उदयपुर जिल्लाको वेलका नगरपालिका वडा नम्बर ८ स्थित लाहुरे खोच नजि पुर्याएको थियो ।

दुर्घटनामा परी घाइते भएका अधिकारीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । वडाध्यक्ष अधिकारीको प्याराग्लाइडिड कम्पनी छ भने उनी तालिम प्राप्त पाइलट हुन् ।

प्रतिक्रिया दिनुहोस्