Logo
Logo

गायिका इन्दिरा भट्टराईको तिमी हाँस्दा हासौँला गीत सार्वजनिक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । गायिका इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हासौँला’ बोलको गीत बिहीबार सार्वजनिक भएको छ । इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्टको प्रस्तुति रहेको गीत बिहीबार यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।

देउडा भाकाका गीतबाट डेढ दशकअघि नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका भट्टराईले कयौँ गीत गाइसकेकी छिन् । आधुनिक गीत–संगीतकी सर्जक भट्टराईले गाएको ‘तिमी हाँस्दा हासौँला’ गीतमा सुवास खनालको शब्द, लालबहादुर सुब्बाको संगीत र सविन लिम्बूको संगीत संयोजन रहेको छ ।

वियोगान्त गीतको म्यूजिक भिडियोको निर्देशन दीपक जोशीले गरेका छन् । तिलक फिल्म्स्को पोस्ट प्रडक्सन रहेको गीतको म्यूजिक भिडियोमा दीपक जोशी र करिना श्रेष्ठले अभिनय गरेका छन् । म्यूजिक भिडियोको छायाङ्कन महेश महराले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्