Logo
Logo

कार्लमाक्र्स जन्मजयन्ती मनाइने


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । माक्र्सवाद द्विशतवार्षिकी समारोह समितिले २०१औँ कार्लमाक्र्स जन्मजयन्ती मनाउने भएको छ । जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा ‘माक्र्सवाद र अबको समाजवाद’ विषयको अन्तक्र्रिया कार्यक्रम राखिएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा समारोह समितिका संयोजक घनश्याम भुसालले कार्यक्रममा माक्सवादका नजरमा मुलुकको समृद्धि र विकास कसरी हुन्छ भनेर छलफल हुने बताउनुभयो ।

“मुलुक समाजवादमा जाने भने तापनि कस्तो समाजवादमा हुने भनेर उल्लेख छैन”, उहाँले भन्नुभयो, “माक्सवादको नजरमा मुलुकको समाजवाद कहाँ पुग्यो र हाम्रो देशमा कस्तो समाजवाद चाहिन्छ भनेर छलफल हुन्छ ।” नेता भुसालले समारोह समितिले सातै प्रदेशमा यस वर्ष माक्र्ससिज्मको आधारभूत सिद्धान्तका बारेमा अध्ययन गराउने जानकारी गराउनुभयो ।

उहाँका अनुसार करीब २० हजार कम्युनिष्ट नेता तथा कार्यकर्तालाई माक्र्ससिजमका बारेमा अध्ययन गराइनेछ । कार्लमाक्र्सका सिद्धान्तले समाजवादी विकृति उत्खनन गर्ने सहयोग पु¥याउने भन्दै उहाँले कम्युनिष्ट पार्टीलाई सही दिशामा डो¥याउनका लागि समितिको अभियान रहेको बताउनुभयो । उहाँले समिति गठन गरेर नेपालका कम्युनिष्ट आन्दोलनलाई समेत एक ठाउँमा ल्याउन सफल भएको बताउनुभयो । नेता भुसालले नेपाल जस्तो मुलुकमा कम्युनिष्टले बहुमत ल्याउँदा प्रचार हुन नसकेको भन्दै भन्नुभयो, “कम्युनिष्टको उपलब्धिलाई सैद्धान्तिकरुपमा विश्लेषण गर्ने कोही नभएर विश्वभरि प्रचार हुन सकेन ।”

सन् २०१५ डिसेम्बरमा भुसालसहित नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीसहितका दोस्रोस्तरका नेताले कार्लमाक्सको सिद्धान्तबारे जानकारी गराउनका लागि समारोह गठन गरेका थिए । समारोहका सदस्य ठाकुर गैरेले जयन्तीका अवसरमा हुने कार्यक्रममा मुलुकमा अबको समाजवाद कस्तो हुन्छ राजनीतिक दलका नेतासँग छलफल चलाइने बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस्