Logo
Logo

उपप्रधानमन्त्रीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए




काठमाण्डौं । पुष २१ गते । उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपि ओलीलाई शनिवार ११ बुँदे ज्ञापनपत्र बुझाएकोछ ।

आफै उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री रहेका उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई भेटेर ११ बुँदे स्मरणपत्र बुझाएका छन् । उक्त पत्रमा संविधान संशोधन हिउँदे अधिवेशनवाटै गर्न माग गरिएकोछ ।

जनतालाई सामाजिक न्याय र सुशासन प्रत्याभूत गराउन नसकेको उक्त पत्रमा भनिएकोछ ।

मधेश आन्दोलनका क्रममा गिरफ्तार परेकालाई रिहाई गर्न पनि उक्त पत्रमा माग गरिएकोछ ।

मुलुकमा वढ्दो अराजकता, ढिलासुस्ती, कमिशन तन्त्र, भ्रष्टाचार र अनियमिततालाई नियन्त्रण गर्न पनि उपप्रधानमन्त्री यादवले प्रधानमन्त्री समक्ष माग गरेका छन् ।

जवाफमा प्रधानमन्त्री ओलीले संविधान संशोधनमा आफु सकारात्मक भएको वताएको समाचारमा जनाइएकोछ ।

प्रतिक्रिया दिनुहोस्