Logo
Logo

एसएसपीका सामु गृहमन्त्री र आईजिपी निरिह, डिआईजीमा पोखरेल सिफारिस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ बैशाख
नेपाल प्रहरीमा फेरि चरम राजनीतिक हस्तक्षेप भित्रिएको छ । संगठनमा दुरगामी असर पर्ने गरी बरियता मिचेर डिआईजी बढुवा सिफारिस भएको छ ।


एसएसपी विश्वराज पोखरेललाई बिहीबार डिआईजी बढुवामा सिफारिस गरिएको हो । विवादका कारण ६ महिनादेखि नेपाल प्रहरीमा डिआईजीको एक पद रिक्त थियो ।
पोखरेल कर्मचारी प्रशासन शाखामा कार्यरत हँदा अरुलाई उछेनेर पहिलो नम्बरमा एसएसपीमा बढुवा भएका थिए । डिआईजीमा रिक्त पदमा आफ्नो बढुवाका लागि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत दबाब दिदै आएका थिए । तर, उनलाई मात्र बढुवा गर्दा अरुमाथि अन्याय हुने भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानेका थिएनन् ।
तर, उच्च दबाबका कारण आईजिपी मात्र होइन गृहमन्त्री रामबहादुर थापा समेत गलेका छन् । पोखरेलको एक्लो सिफारिसपछि ब्याचबाट आईजिपीको भावी दाबेदार रहेका उत्तम सुवेदी, धीरजप्रताप सिंह लगायत निराश भएका छन् । आईजिपी सर्वेन्द्र खनालकै ब्याची विरेन्द्र श्रेष्ठ पोखरेलभन्दा सिनियर एसएसपी बढुवाका प्रमुख दाबेदार थिए । तर, उनीमाथि समेत अन्याय भएको छ । ‘यो निर्णयले प्रहरीमा दुःख गर्नेहरु निराश भएका छन्, चाकडी गर्नेहरु उत्साहित भएका छन्,’ एक उच्च प्रहरी अधिकारी भन्छ,‘अब प्रहरीमा दुःख र इमान्दारीतको कुनै मतलब भएन ।’

प्रतिक्रिया दिनुहोस्