Logo
Logo

सिटिजन्स बैंकले सार्वजनिक गर्‍याे नयाँ व्याजदर



काठमाडाैं । सिटिजन्स बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आजबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ४.७६ प्रतिशतदेखि अधिकतम ५.६ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ न्यूनतम ८.५० प्रतिशतदेखि अधिकतम ९.२६ प्रतिशतसम्म तोकिएको छ ।

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ७.९३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्