Logo
Logo

मुक्तिनाथ क्षेत्रमा चहलपहल, स्थानीय उत्पादनले बजार पाउन थाल्यो



जोमसोम । हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल मुक्तिनाथ क्षेत्रमा आन्तरिक पर्यटक हा्वात्तै बढ्न थालेपछि स्थानिय ब्यवसायी खुशि देखिएका छन् ।

करिव डेढबर्ष कोरोना महामारीका कारण ठप्प रहेको यश क्षेत्रको ब्यापार ब्यवसाय लकडाउन खुकुलो भएसंगै चहलपहल बढ्दै गएको छ ।

अहिले दशै तिहारको समय चाडपर्वको विदामा समूह, परिवार मिलेर मुक्तिनाथ क्षेत्र दर्शनका लागि पुग्नेहरु बाक्लिएको छ । जसका कारण होटल, यातायात ब्यवसाय चल्नुका साथै स्थानिय उत्पादन स्याउ ,स्याउका र खुर्पानिका चाना, उवा ,फापर, आलु राडि पाखि, छुर्पी, जिम्मु, लगायत बस्तुले बजार पाउन थालेको छ ।

सानैदेखि मुक्तिनाथ क्षेत्रमा स्थानिय उत्पादन बेच्दै आएका स्थानिय ८० बर्षे टक्ला गुरूङले व्यापार व्यवसाय सुरू भएकोमा खुसि व्यक्त गरे । ‘डेढबर्ष सुनसान भयो अहिले त व्यवसाय चलेको छ’ आफुले विक्रिका लागि राखेको सामान देखाउदै भने ।

मुक्तिनाथ समुद्र सतहदेखि ३,७१० मीटरको उचाईमा नेपालको हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्रको रूपमा लिने भएकोले ढाडा ढाडावाट दर्शन गर्न आउँछन् ।

मुक्तिनाथ प्रबेद्वारमा १८ बर्षदेखि सामान्य व्यवसाय गर्दै आएका एक ब्यवसायी पुनम गिरि पनि केही दिनदेखि उक्त क्षेत्रमा चहल पहल बढेको बताउँछिन् ।

मुस्ताङ बजार र मुिक्तथाको बसपार्क क्षेत्रका पसलहरूमा पनि कोसेलि लैजान स्थानिय उत्पादनको राम्रो व्यापार भएको छ । जहाँ स्याउ प्रति किलो १ सय देखि २ सय रूपैया सम्ममा बिक्री भएको छ भनी स्याउका चाना १ हजार ५ सय रूपैया सम्ममा विक्रि बढेको छ ।

हिमाल पारिको जिल्ला मुस्ताङ आफैमा महत्वपुर्ण पर्यटकिय क्षेत्र समेत हो । धार्मिक रूपमा मुक्ति नाथ क्षेत्रको महत्व निकै रहेकोले यहाँ प्रसस्त भारतीय पर्यटक भित्राएर राम्रो आम्दानी गर्न सकिने दर्शनार्थी एवं बुटवल उद्योग बाणिज्य संका महासचिव बिमल राज भट्टराई बिमलराज भट्टराई बताउँछन् । उनी भन्छन, ‘यहाँ पहिला सडक निर्माणमा जोड दिन जरुरी छ जस्ले पर्यटन र ब्यापारको बिकासलाई टेवा दिन्छ ।’

यो क्षेत्रमा पोखरा, काठमाडौं, बुटवल हेटौडा चितवन लगायतका क्षेत्रवाट समूह समुहमा पुगेका दर्शनार्थीहरू बस्नका लागि होटलमा ठाउँ पाउन समेत मुस्किल परेको वताई रहेका छन् । आन्तरिक पर्यटक बढेकाले होटल व्यवसायी पनि निकै व्यस्त र खुशि देखिएका छन् ।

हिमालपारीको जिल्ला मुस्ताङ पुग्नेक्रममा दर्शनार्थीहरूलाई वरिपरि देखिने नागवेलि पहाड र झरना हिमालका दृस्य, मठमन्दिर, गुम्वा, पुलपुलेसा कला संस्कृति, एतिहासिक क्षेत्रहरूले आन्तरिक र वाह्य पर्यटकलाई निकै आनन्त दिइरहेको हुनछ । यात्राका क्रममा फोटो, सेल्फि खिच्ने गरेरपनि दर्शनार्थी रमाई रहेको देखिन्छन् ।

पहिले पैदल यात्रा गरेर पुगिने उक्त ठाउँ अहिले सवारी साधनको सुबिधा भएकोले पोखरा, बाग्लुङ म्याग्दि हुँदै जान सकिन्छ । तर ठाउँ ठाउँमा सडकको अवस्था कच्चि र राम्रो नहुदा समस्या भएको मुक्तिनाथ दर्शन गरेर फर्कदै गरेका दिपक ज्ञवाली बताउँछन् ।

तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये छुमिङ ग्यात्सा पनि एक हो । मुक्तिनाथ वैष्‍णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरू मध्य एक हो । यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ । शालिग्राम बास्तवमा एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पुजनिय मानिन्छ । यो मुख्य रूपमा कालिगण्डकी नदिमा पाइन्छ । जनु क्षेत्रमा मुक्तिनाथ अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ ।

हिन्दु धार्मिक मान्‍यता अनुसार यो यस्तो क्षेत्र हो, जहाँ पुगेपछि मानिसहरूलाई मुक्ति अथवा मोक्ष प्राप्‍त हुन्छ । १०८ धारामा स्नान गरेपछि पापनास हुन्छ भन्नेपनि भनाई छ ।

मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौँ संख्यामा हिन्दू धर्मावलम्बी यहाँ तिर्थ गर्नका लागि आउने गरेको पाइन्छ । यो हिन्दु धर्मको दुर्गम तिर्थस्थल मध्ये एक हो । तर पनि मानिसको श्रद्वा आस्था र विश्वासले यहाँ पुग्छ ।

निर्माणकै क्रममा रहेको यसक्षेत्रको सडक समयमै सक्न सरोकारवाला निकायले ध्यानदिन सके यसक्षेत्रको धार्मिक ,पर्यटन ब्यवसाय फस्टाउने छ । यातायात, होटल व्यवसाय अझ चलायमान हुने छ र स्थानीय उत्पादनले राम्रो वजारपाउने मात्र हैन कोरोनावाट थला परेको अर्थतन्त्रलाई ठुुलो टेवा दिन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्