गोली हानेर सिटिजन्स् बैंकमा लुट्ने समूह समातियो « Drishti News – Nepalese News Portal
Logo

गोली हानेर सिटिजन्स् बैंकमा लुट्ने समूह समातियो


दृष्टि न्यूज



मोरङः मोरङको धनपालथान गाउँपालिकास्थित कर्सियामा रहेको सिटिजन्स बैंक लुट्ने गिरोहका थप एक सदस्य पक्राउ परेका छन् । भारत अररिया फारवेसगञ्ज १० बस्ने २० वर्षीय रोशन यादवलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।


सुनवर्षी नगरपालिका वडा नम्बर ८ सिक्टी, नेपाल चोक नजिक सिमावर्ती क्षेत्रबाट सोमबार नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
असोज २५ गते दिउँसो ३ बजेर ४५ मिनेटमा आएका लुटेरा समूहले बैंकमा रहेको रकम लुटेर फरार भएका थिए। बैंकका सुरक्षागार्ड सितल कुमारलाई गोली प्रहार गरी बैंकको काउन्टरमा रहेको रकम लुटेका थिए। बैंकमा रहेको २१ लाख रकम लुटेको प्रहरीलाई बैंक प्रशासनले जानकारी दिएको मोरङ प्रहरीले जनाकारी गराएको थियो।

लुट प्रकरणलगत्तै प्रहरीले तीन जनालाई पक्राउ परेको थियो। उनीहरुलाई भाग्दाभाग्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ। मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ८ बस्ने ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा ५ बस्ने २८ वर्षीय सुनिल यादव र ३० बिजय सहनीलाई नियन्त्रणमा लिएको थियो। घटनामा अन्य केही मानिसको संलग्नता रहेकाले प्रहरीले खोजी गरिरहेको छ।

सोही समुहले असोज २२ गते मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित सेन्ट्रल मल अगाडी रहेको कोटेक्स ट्रेडिङ सप्लायर्सका सञ्चालकलाई हातहतियार देखाए १२ हजार रुपैयाँ लुटपाट गरेको समेत खुलेको छ।

प्रतिक्रिया दिनुहोस्