Logo
Logo

प्रहरीलाई घुस दिने युवक ठमेलमा पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० बैशाख ।

ठमेलको नर्सिङ चोकमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ललितपुर लेलेका १९ बर्षीय नारायण तामाङ र सोही स्थान बस्ने १९ बर्षीय सुमन स्याङ्ताङलाई प्रहरीले पक्राउ गरकेो छ ।

सुमनले चलाएको बा.१ ज २०९६ नम्बरको ट्याक्सीले बिजय लामाको बा. २ ज २४९९ नम्बरको ट्याक्सीलाई ठक्कर दिए पश्चात ट्याक्सीको पछाडीको भागमा क्षती पुगेकोले बा. १ ज २०९६ नम्बरको ट्याक्सीलाई कारबाही गर्न खोज्दा कारवाहीबाट बच्न उनीहरुले पाँच सय रुपैयाँ घुस दिई भाग्न खोजेका थिए । घुससहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्