Logo
Logo

सिटिजन्स बैंक र आगन्तुक रिसोर्टबीच छुट सम्झौता



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बनेपाको आगन्तुक रिसोर्ट प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका मोबाइल बैंकिङ ग्राहक, डेबिट–क्रेडिट कार्डवाहक तथा कर्मचारीले आगन्तुक रिसोर्ट प्रालिको विभिन्न सेवामा छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरूका लागि समेत घरमै बसी निःशुल्क मोबाइल बैंकिङमार्पmत डेबिट कार्डका लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको जनाइएको छ ।

मोबाइल बंैकिङमार्पmत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्थासमेत गरेको बैंकले उल्लेख गरेको छ ।

बैंकले देशभरमा एक सय ८३ शाखा, एक सय २१ एटिएम र एक सय ११ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्