Logo
Logo

एनआईसी एशिया र ह्याम्स हस्पिटलबीच छुटसम्बन्धी सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले ह्याम्स हस्पिटल, धुम्बाराहीमा उपचार गराउदा विषेश छुट पाउने भएका छन् । स्वास्थ्य उपचारमा छुट दिने सम्बन्धी यी दुई कम्पनीबीच सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र हस्पिटलको तर्फबाट ह्याम्स हस्पिटलका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई ह्याम्सहस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्