Logo
Logo

एनआईबिएल एस क्यापिटल ‘कृषिऋणपत्र’को लागि डिबेञ्चर रजिष्ट्रार नियुक्त



काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आठ वर्ष अवधिको ६ अर्ब र ९ वर्ष अवधिको ३ अर्ब ४२ करोड ६९ लाख ७५ हजार रकम बराबरको ‘कृषिऋणपत्र’को लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ ।

कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन कृषि विकास बैंकले कृषि ऋणपत्र जारी गरेको हो । उक्त सम्झौतामा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत प्रेमकुमार श्रेष्ठ र वरिष्ठ शाखा प्रमुख उमेश पंजियार तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्